यूएईलाई १ सय ६३ रनको लक्ष्य

यूएईलाई १ सय ६३ रनको लक्ष्य

काठमाण्डौ । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले यूएईलाई १ सय ६३ रनको लक्ष्य दिएको छ । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनायो । नेपालका कुशल भुर्तेलले अर्धशतक बनाए । उनी २९ बलमा ५० रन बनाएर आउट भए । यस्तै करण केसीले २३, दीपेन्द्रसिंह ऐरीले २०, कप्तान रोहित पौडेलले १८ रन जोडे । बलिङतर्फ यूएईका आयन अफजल खानले ३ तथा अली नसीर र जहूर खानले २र२ विकेट लिए ।

आईसीसी टी–२० विश्वकप छनोटको तयारी स्वरूप नेपाल क्रिकेट सङ्घ ९क्यान० ले त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको आयोजना गरेको हो । शृङ्खलामा नेपाल, यूएई र हङकङ छन् ।