भुर्तेल अर्धशतक बनाएर आउट, नेपालले ३ विकेट गुमायो

भुर्तेल अर्धशतक बनाएर आउट, नेपालले ३ विकेट गुमायो

काठमाण्डौ । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा यूएईसँगको खेलमा नेपालका ओपनर ब्याटर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि भुर्तेलले २८ बलमा अर्धशतक बनाएर आउट भए । उनले ३ छक्का र ६ चौका प्रहार गरे । ताजा अवस्थामा नेपालले ७ ओभर ३ बलमा ३ विकेट गुमाएर ६८ रन बनाएको छ ।

यसअघि नेपालका आसिफ शेख ७ र कुशल मल्ल १ रन बनाएर आउट भए ।