गोजुरियो करातेका खेलाडीको बिदाई

गोजुरियो करातेका खेलाडीको बिदाई

धनगढी : जेष्ठ १९ र २० गते  काठमाडौँमा हुने काठमाडौँ ओपेन कराते प्रतियोगिताका लागि सुदुरपश्चिम गोजुरियो करातेको टिमलाई एक समारोह बीच बिदाइ गरिएको छ ।

संघका केन्द्रिय महासचिव प्रकाश चन्द, संघका कोषअध्यक्ष नरेन्द्र वोली, सुदुरपशिम प्रदेश का अध्यक्ष अरुण कुवर, सचिवद्धय राजेन्द्र बम र बिपिन कटुवाल र संघका सदस्य अर्जुन जैगड़ी लगायतले उक्त टोलिको संयुक्त रुपमा बिदाइ गरेका हुन ।

उक्त खेलमा सहभागि हुने खेलाडीहरु कमल वोली गब्बर, अर्जुन थापा, अनिल सोव, बिशाल बि.क. रहेका छन । त्यसैगरी आकाश साउद, पुस्पा मडै, सर्मिला घर्तिमगर, इशोरी जोरा, आरति साउद र लक्ष्मी खडायत रहेका छन् । प्रतियोगिताले खेलाडीहरु लाइ हौसला प्रदान गर्न बिजेता खेलाडीहरु लाइ बिशेष सम्मान गरिने प्रदेश अध्यक्ष अरुण कुँवरले बताए ।