कैलालीमा भरुवा बन्दुकसहित एकजना पक्राउ

कैलालीमा भरुवा बन्दुकसहित एकजना पक्राउ

धनगढी । कैलालीमा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्।

मंगलबार राती करिब ११ बजेको समयमा धनगढी उपमहानगरपालिका १३ बस्ने बर्ष ४२ को राम शरण रानालाई भरुवा बन्दुक सहित पक्राउ गरिएको हो ।

विशेष सुराकीको आधारमा रानासँग भरुवा बन्दुक रहेको भन्ने आधारमा प्रहरी निरीक्षक उपेन्द्र बमको कमाण्डमा खटिएको टोलीले उनलाई एक नाले भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

गाईगोठ भित्र लुकाई छिपाई राखेको अवस्थामा एक नाले भरुवा बन्दुक एक थान र सोही बन्दुकमा प्रयोग हुने छर्रा पाँच थान सहित रानालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।