नेपाल ५ विकेटले विजयी

नेपाल ५ विकेटले विजयी

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टि २० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स ९यूएई० पाँच विकेटले पराजित गरेको छ ।

युएईले जितका लागि दिएको १६५ रनको लक्ष्य नेपालले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालको जितमा ओपनर असिफ शेखले सर्वाधिक ६२ रनको योगदान दिए । त्यस्तै, कप्तान रोहितकुमार पौडेलले ४७ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले अविजित रहदै ४० रन जोडे ।

नेपालले सुरुवाती तीन ओभरमै ओपनर कुशल भुर्तेल, सोमपाल कामी र कुशल मल्ललाई गुमाएका थिए । तर कप्तान पौडेल र आसिफ शेखले ९९ रनको उत्कृष्ट साझेदारी गर्दै खेलमा फर्किएका थिए ।

यूएईका मोहम्मद जवादुल्लाहले दुई विकेट लिए भने अकिफ राजा र जहूर खानले समान एक९एक विकेट लिए ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६४ रनको योगफल बनाए । उसका लागि बसिल हमिद र वृत्य अरविन्दले समान ४५९४५ रनको योगदान दिए । त्यस्तै, आसिफ खानले १८ रन बनाए ।

बलिङतर्फ नेपालका सोमपाल कामी र अभिनास बोहोराले समान दुई९दुई विकेट लिए भने करण केसी र गुल्सन झाले समान एक÷एक विकेट लिए ।