सामाजिक बिकास मन्त्रालयद्धारा बाजुरा बाट सुत्केरी हुन नसकेकी महिलाको उद्धार

सामाजिक बिकास मन्त्रालयद्धारा बाजुरा बाट सुत्केरी हुन नसकेकी महिलाको उद्धार

बाजुरा : सुदुरपश्चिमको सामाजिक बिकास मन्त्रालयले बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी हुन नसकेकी एक महिलाको उद्धार गरेको छ ।

बाजुराको बुढी नन्दा नगरपालिका वडा नम्बर १ रावत बाडा की २२ बर्षिय रमिला रोकाया लाई हेलीक्प्टर मार्फत कोहलपुर मेडिकल कलेज नेपालगञ्जमा भर्ना गरेको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीका स्वकीय सचिव लोकेन्द्र धामीले जानकारी दिनु भएको छ ।

गर्भमा रहेको बच्चाले दिशा खाएको र टाउको ठुलो भएका कारण कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले नेपालगञ्ज रिफर गरेको हो ।