काठमाडौं । प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका चार जना नेपाली विद्यार्थीको शव इजरायलबाट नेपाल ल्याइँदैछ।
उनीहरुको शव आइतबार बिहान ९ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइपुर्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ। शव बुझ्न परराष्ट्र मन्त्री एनपी साउद र इजरायली राजदूत विमानस्थलमा पुग्ने मन्त्रालयले जनाएको छ।
इजदरायलको तेलअबिबस्थित नेपाली दूतावासले हमासको आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूरा भएका चार शव नेपाल पठाएको जानकारी दिएको छ।
नेपाल पठाइएका चार शव नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिष्ट र आशिष चौधरीको रहेको दूतावासले जनाएको छ।
हमासको आक्रमणमा मारिएका अन्य ६ जना नेपालीको शव परीक्षणमा थप समय लाग्ने दूतावासले जनाएको छ।