चाडपर्वमा पनि सरकारले नागरिकलाई पीडा दिएको भन्दै जबराको असन्तुष्टि

चाडपर्वमा पनि सरकारले नागरिकलाई पीडा दिएको भन्दै जबराको असन्तुष्टि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद पशुपति समशेर जबराले दशैं, तिहार र छठ जस्ता चाडपर्वमा पनि सरकारले नागरिकलाई पीडा दिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

नेपालीहरुको महान चाड विजया दशमी, शुभ दीपावली एवं छठ पर्वको शुभकामना व्यक्त गर्दै सांसद जबराले बजार भाउले नागरिकलाई उठ्नै नसक्ने गरी थला पारिसकेपनि सरकारलाई प्रवाह नपरेको बताउनुभएको हो । उनले नेपाली जनताको सुख र शान्ति दशैँको बेलामा पनि यो सरकारले किन दिन सक्दैन ? भन्दै प्रश्न गरे।

सांसद जबराले दशैं, तिहार र छठ पर्वको बेलामा अविलम्व नेपाली जनताप्रति सजग र सचेत हुन आग्रह गरे ।