सुर्तिजन्य पदार्थ सेवन नगर्न सामाजिक बिकास मन्त्री सुवेदीको आग्रह

सुर्तिजन्य पदार्थ सेवन नगर्न सामाजिक बिकास मन्त्री सुवेदीको आग्रह

धनगढी : बिश्व सुर्तिजन्य रहित दिवशका अवशरमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री सुवेदीले पत्रकारहरुलाई सुर्तिजन्य पदार्थ सेवन नगर्न आग्रह गरेका छन् । सो आग्रह संगै पत्रकारहरुले सेवन नगर्ने प्रतिबद्धता गरेका छन् । पत्रकारहरुले आफु सुर्तिजन्य पदार्थ सेवन नगर्ने र समाजलाईपनि सो पदार्थ सेवन नगर्न सचेत गराउने बताएका हुन् । 

सोही कार्यक्रममा बोल्दै मन्त्री सुवेदीले सुर्तिजन्य पदार्थ सेवनकै कारण कयौँ नागरिकको ज्यान गइरहेकाले सुर्तिजन्य पदार्थ सेवन नगर्न आग्रह गरेका छन् । सुर्तिजन्य पदार्थ होइन, स्वास्थ्य रोजौँ भन्ने उद्देश्यले आ आफ्नो स्वास्थ्य प्रती ख्याल राख्न उनले आग्रह गरेका हुन् ।

कार्यक्रममा बोल्दै सामाजिक बिकास मन्त्री सुवेदीले देशभर जस्तै सुदूरपश्चिममा पनी धेरै नागरिकले सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेकाले यसलाई न्युनिकरण गर्नुपर्नेमा जोड दिए ।

सरुवा रोग निराकरणमा केही सुधार आइरहेपनि सुर्तिजन्य पदार्थबाट लाग्ने रोगलाई निराकरण गर्न नसकिरहेकाले यसका लागी सबैले सजग बन्नुपर्नेमा मन्त्री सुवेदीले जोड दिए ।