प्रधानमन्त्री दाहाल अस्पताल भर्ना

प्रधानमन्त्री दाहाल अस्पताल भर्ना

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अस्पताल भर्ना गरिएको छ । छातीमा असहज महसुस भएपछि मंगलबार साँझ उनलाई नर्भिक अस्पताल भर्ना गरिएको हो ।

अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री दाहालको 'कोरोनरी एन्जिओग्राम' गर्ने तयारी भइरहेको छ । उनलाई वार्डमा भर्ना गरिएको छ ।