वर्षाका कारण निर्धारित समयभन्‍दा दुई घण्टा ढिलो सुरु भयो खेल

वर्षाका कारण निर्धारित समयभन्‍दा दुई घण्टा ढिलो सुरु भयो खेल

काठमाडौं । भारतमा जारी आईसीसी वान डे क्रिकेट विश्वकप प्रतियोगिता अन्तर्गत मंगलबारको खेल निर्धारित समयभन्दा दुई घण्टा ढिलो गरी सुरु भएको छ। 

दक्षिण अफ्रिका र नेदरल्याण्डबीचको खेल वर्षाका कारण प्रभावित भएको थियो। भारतको हिमाचल प्रदेशको धर्मशालास्थित एचपीसीए क्रिकेट स्डेडियममा स्थानीय समयअनुसार २ बजेदेखि सुरु हुनुपर्ने थियो। 

तर वर्षाका कारण उक्त खेल ४ बजेदेखि सुरु भएको हो। तर खेल ४३ ओभरमा झारिएको छ। टस जितेर दक्षिण अफ्रिकाले नेदरल्याण्डलाई ब्याटिङको निम्तो दिएको थियो। 

तीन ओभरको समाप्तिमा नेदरल्याण्डले १६ रन बनाएर खेलिरहेको छ। 

दुवै टिमका लागि आजको खेल तेस्रो प्रतिस्पर्धा हो। नेदरल्याण्डले यसअघि पाकिस्तान र न्यूजिल्याण्डसँग हार व्यहोरेको छ। यता दक्षिण अफ्रिकाले भने अस्ट्रेलिया र श्रीलंका दुवै टिमलाई हराएको छ। 

यदि आजको खेलमा दक्षिण अफ्रिकाले जित निकाल्न सक्यो भने भारतभन्दा राम्रो रनरेटका आधारमा अंक तालिकामा पहिलो नम्बरमा आउनेछ। 

नेदरल्याण्ड र दक्षिण अफ्रिकाबीच अहिलेसम्म वान डे मा सातवटा खेल भएका छन्। जहाँ ६ पटक दक्षिण अफ्रिकाले जितेको छ भने एक खेल नतिजाबिहीन भएको थियो।