४०० केभी क्षमताको इनरुवा सबस्टेशन निर्माण सम्पन्न

४०० केभी क्षमताको इनरुवा सबस्टेशन निर्माण सम्पन्न

काठमाण्डौँ । देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेशन निर्माण सम्पन्न भएको छ । ग्यास इन्सुलेटेड प्रणाली ९जीआईएस० मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो ४०० केभी सबस्टेशनको निर्माण सम्पन्न गरी हिजो सोमवार चार्ज गरिएको छ ।

देशभित्र पूर्व–पश्चिम बिजुली आपूर्ति र भारतसँगको विद्युत् व्यापारका लागि जीआईएस प्रविधियुक्त स्वचालित ढल्कबेर देशकै पहिलो र इनरुवा दोस्रो ठूलो सबस्टेशन हो । इनरुवामै २२०र१३२र३३ केभीको अर्को सबस्टेशन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालित छ ।

हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी सबस्टेशन विस्तार आयोजनाअन्तर्गत निर्माण गरिएको ४००र२२० केभी इनरुवा सबस्टेशनमा ३१५ एमभीए क्षमताका ३ थान पावर ट्रान्सफर्मरहरू छन् । जसको क्षमता ९४५ एमभीए छ । इनरुवा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएपछि इनरुवा सबस्टेशनबाट झन्डै ४ हजार मेगावाट विद्युत् आदानप्रदान हुन सक्ने छ । इनरुवा–ढल्केबर प्रसारण लाइनको अहिले तार तान्ने काम भइरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोशी प्रदेशका विभिन्न जिल्लामा पर्ने जलविद्युत् आयोजनाहरूबाट उत्पादित बिजुली प्रसारण गर्न, स्थानीय रूपमा खपत गर्न र देशभित्र खपत गरी बाँकी भएको बिजुली भारततर्फ निर्यातका लागि इनरुवा सबस्टेशन मेरुदण्डको रूपमा रहेको बताए।