धनगढी : सुदूरपश्चिम प्रदेश सभामा आज प्रदेश लोक सेवा आयोग सम्बन्धी विधेयकको सैद्धान्तिक पक्ष माथि छलफल भएको छ । विधेयकको सैद्धान्तिक पक्ष माथि प्रतिपक्षी सासंद भरत खड्का, श्यामलाल राना, कृष्ण चौधरी तथा सत्तापक्षीय सासंद मान बहादुर धामी, लिलाधर भट्ट र पूर्णा जोशीले बोल्नुभएको थियो ।
सासंदहरुले सैद्धान्तिक बिषयमा छलफल गरेपछि आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले उहाँहरुले उठाउनुभएका सवालहरुको जवाफ दिनुभएको थियो । प्रदेश लोक सेवा आयोग सम्बन्धी विधेयकमा बाँकी छलफल अर्को बैठकमा हुने ट ।
प्रदेश सभाको अर्का बैठक जेठ १९ गते आइतबार ४ बजे बस्ने छ । आइतबार प्रदेश सरकारको नीति तथा र्काक्रम प्रस्तुत हुन सक्ने सम्भावना रहेको छ । प्रदृश सभाका निमित्त सचिव तेजप्रकाश जोशीका अनुसार प्रदेश सरकारका तर्फबाट आधिकारिक पत्र नआएकोले शुक्रबारको बैठकमा नीति तथा कार्यक्रम बारे जानकारी नगराइएको हो ।
अनौपचारिक कुराकानी भएकाले आइतबार ४ बजेको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने सम्भावना रहेको निमित्त सचिव जोशीले बताउनुभयो ।