बेलडाँडी–दैजी सडक खण्डमा सरसफाइ

बेलडाँडी–दैजी सडक खण्डमा सरसफाइ

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी–दैजी सडक खण्डमा सरसफाइ गरिएको छ ।

नेपाली सेना रुद्रध्वज गण ‘क’ गुल्म बेलडाँडीको आयोजनामा मंगलबार बेलडाँडी–दैजी सडक खण्ड अन्तरगत बेलडाँडी गाउँपालिका वडा नम्बर २ क्याप्प बजार क्षेत्रमा सरसफाइ गरिएको हो ।

सरसफाइ कार्यक्रममा सेना संगै इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी, बिओपी झिलमिलाबाट खटिएका सशस्त्र प्रहरी र स्थानीयको सहभागिता रहेको थियो ।