प्रधानमन्त्री वर्षाले धनगढीमा रोकिएपछि गैरआवासीय नागरिकता वितरण कार्यक्रम पछि सर्यो

प्रधानमन्त्री वर्षाले धनगढीमा रोकिएपछि गैरआवासीय नागरिकता वितरण कार्यक्रम पछि सर्यो

धनगढी । वर्षा र हावाहुरीका कारण धनगढी विमानस्थलमा हवाइ उडान अवरुद्ध भएपछि प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड मंगलबार काठमाडौँ  फर्किन सकेनन् । 
खराब मौसमका कारण  काठमाडौँ आउने प्लेन उडन नसकेपछि उनी  धनगढीमै रोकिएका हुन् । उनी आज बिहान काठमाडौँ फर्कने तयारीमा छन् । 

प्रचण्ड धनगढी रोकिएपछि आज बिहान ७ बजेका लागि तय गरिएको गैरआवासीय नागरिकता वितरण कार्यक्रम सरेको छ । 

प्रधानमन्त्री प्रचण्ड  धनगढीबाट काठमाडौँ आए लगत्तै कार्यक्रम सुरु हुने जनाइएको छ ।

समाजवादी मोर्चाको सुदूरपश्चिमस्तरीय सन्देश सभालाई सम्बोधन गर्न कैलाली आएका प्रधानमन्त्री दाहाल श्री एयरको नियमित उडानबाट बेलुकी साढे पाँच बजे काठमाडौ फर्किने कार्यतालिका थियो । तर वर्षा र हावाहुरीले बेलुकी कुनै पनि उडान हुन सकेको थिएनन् ।