चट्याङ लागेर बैतडीमा तीन पशुचौपाया मरे, ४ घरमा क्षति

चट्याङ लागेर बैतडीमा तीन पशुचौपाया मरे, ४ घरमा क्षति

बैतडी ।  बैतडीमा चट्याङ लागेर एक भैंसी र दुई बाख्रा मरेका छन्। जिल्लाको पाटन नगरपालिका–१० का शंकर बिष्टको गोठमा रहेको भैंसी मरेको हो। चट्याङका कारण उनको घरमा जडान गरिएको विद्युतको मिटरबक्समा समेत  क्षति पुगेको प्रहरीले जनाएको छ । 

सोही ठाउँका गणेशदत्त अवस्थी र गोपाल बिष्टले पालेका एक/एक बाख्रा पनि चट्याङ लागेर मरेका छन्। चट्याङका कारण पाटन–१० का जयबहादुर बिष्ट, नन्दराज अवस्थी र धनबहादुर बिष्टको घरमा जडान गरिएको विद्युत मिटर बक्सका साथै अन्य उपकरणमा पनि क्षति पुगेको बताइएको छ।