नाकामा तालिम प्राप्त कुकुरदेखि टाइगर टोली खटाइने, प्रदेशभरी चार हजार बढी प्रहरी खटिदै

नाकामा तालिम प्राप्त कुकुरदेखि टाइगर टोली खटाइने, प्रदेशभरी चार हजार बढी प्रहरी खटिदै

धनगढी । नेपालीहरुको महान चाँड दशै सुरु भएसंगै प्रदेशको सुरक्षामा प्रहरीले सक्रियता अघि बढाएको छ । शहरबजार देखि गाउँघरसम्म हुन सक्ने सम्भावित घटना तथा दुर्घटनालाई ध्यानमा राखेर प्रहरीले सुरक्षा योजना तयार पारेको छ ।

प्रहरीले सिमानाकामा चोरी तस्करी रोक्न तालिम प्राप्त कुकुर खटाउने देखि टाइगर टोली खटाउने आन्तरिक सुरक्षा योजना तयार गरेको जनाएको छ ।

कैलालीको मुख्य भन्सार नाका त्रिनगरमा प्रशिक्षित दुई वटा कुकुर सहितको प्रहरी टोली राखेर चेकजाँच गर्ने जनाइएको छ । कुकुरमार्फत लागुऔषध, हातहतियार जस्ता प्रतिबन्धित वस्तुको पत्ता लगाउने प्रहरीले जनाएको छ । 

त्रिनगर भन्सार नाका, धनगढी बसपार्क, अत्तरिया बसपार्क र लम्की गरी जिल्लाभरी छ ठाउँमा सहायता कक्ष सञ्चालन गरिएको प्रहरी कार्यालयले जनाएको छ । भारत गएकाहरु चाडपर्व मनाउनका लागि स्वदेश फर्किनेक्रम सुरु भएसंगै सहायता कक्ष सञ्चालन ल्याइएको छ । सहायता कक्षले भारतबाट काम गरेर फर्किनेहरुलाई सुरक्षित स्वदेश आउनमा सहयोग पुग्ने जनाइएको छ । 

चाडबाडमा नाकामा नेपालीहरु लुटिनुका साथै शहर तथा गाउँघरमा हत्या, हिँसा, बलात्कार, घरेलु अपराध लगायतका अपराधका घटना हुन सक्ने सम्भावनालाई मध्ये नजर गर्दै सुदूरपश्चिम प्रदेश प्रहरीले आन्तरिक सुरक्षा योजना बनाइरहेको बताए ।

अपराधिक घटनामा कमी ल्याउन प्रदेशभरी चार हजार एक सय २१ जना प्रहरी जनशक्ति खटाउने आन्तरिक सुरक्षा योजना तयार भएको सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिए । 

खासगरी सुदूरपश्चिमका तराईका जिल्लाहरुमा बढी अपराधिक घटना हुन सक्ने भएकाले बढी जनशक्ति कैलाली र कञ्चनपुरमा खटाइएको उनको भनाई छ ।

सुदूरपश्चिम प्रदेशका नौँ ओटै जिल्लामा प्रहरी नायब महानिरीक्षकको जिम्मेवारीमा प्रदेशभरीको सुरक्षाको जिम्मेवारीसहितको सुरक्षा योजना बनाइएको छ भने जिल्लामा प्रहरी उपरिक्षकको नेतृत्वमा जनशक्ति खटाइएको छ ।

प्रदेश प्रहरीमा प्रहरी नायव महानिरिक्षकको नेतृत्वमा प्रहरी बरिष्ठ उपरीक्षक एक जना, प्रहरी उपरीक्षक ६ जना, प्रहरी नायब उपरीक्षक १४ जना, प्रहरी निरीक्षक ५३ जना, जुनियर प्रहरी अधिकृत पाँच सय ५३ जना र प्रहरी बरिष्ठ हवल्दार, प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार, प्रहरी जवानहरु तीन हजार चार सय ९३ गरी जम्मा चार हजार एक सय २१ जना जनताको सुरक्षा ब्यवस्थामा खटिने छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा एक जना प्रहरी नायब महानिरीक्षक, प्रहरी बरिष्ठ उपरीक्षक एक जना, प्रहरी उपरीक्षक दुई जना, प्रहरी नायब उपरीक्षक दुई जना, प्रहरी निरीक्षक पाँच जना, जुनियर प्रहरी अधिकृत १८ जना र प्रहरी बरिष्ठ हवल्दार, प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार, प्रहरी जवान एक सय पाँच गरी जम्मा एक सय ३४ जना रहने छन् ।

कुन जिल्लामा कति ?

कैलालीमा प्रहरी उपरीक्षक १ जना, प्रहरी नायब उपरीक्षक ३ जना, प्रहरी निरीक्षक १० जना, जुनियर प्रहरी अधिकृत ९४ जना र प्रहरी बरिष्ठ हवल्दार-प्रहरी हवल्दार-प्रहरी सहायक हवल्दार/प्रहरी जवान ६ सय ३२ गरी जम्मा ७ सय ४० जना खटाउने तयारी भएको छ भने कंञ्चनपुरमा प्रहरी उपरीक्षक १ जना, प्रहरी नायब उपरीक्षक १ जना, प्रहरी निरीक्षक ११ जना, जुनियर प्रहरी अधिकृत ११० जना र प्रहरी बरिष्ठ हवल्दार÷ प्रहरी हवल्दार-प्रहरी सहायक हवल्दार-प्रहरी जवान ६ सय ८९ गरी जम्मा ८ सय १२ जना खटाउने तयारी भएको छ ।

यस्तै, सुदूरपश्चिमका पहाडी जिल्लाहरुको हकमा भने तराईका जिल्लाहरुका भन्दा कम जनशक्ति खटाईने भएको छ । डोटीमा प्रहरी उपरीक्षक १ जना, प्रहरी नायब उपरीक्षक १ जना, प्रहरी निरीक्षक ३ जना, जुनियर प्रहरी अधिकृत ४७ जना र प्रहरी बरिष्ठ हवल्दार-प्रहरी हवल्दार-प्रहरी सहायक हवल्दार-प्रहरी जवान २ सय ६० गरी जम्मा ७ सय ४० जना खटाउने तयारी भएको छ ।

अछाममा प्रहरी नायब उपरीक्षक १ जना, प्रहरी निरीक्षक ३ जना, जुनियर प्रहरी अधिकृत ४८ जना र प्रहरी बरिष्ठ हवल्दार-प्रहरी हवल्दार-प्रहरी सहायक हवल्दार-प्रहरी जवान ३ सय १६ गरी जम्मा ३ सय ६८ जना खटाउने तयारी भएको छ । बाजुरामा प्रहरी नायब उपरीक्षक १ जना, प्रहरी निरीक्षक ३ जना, जुनियर प्रहरी अधिकृत ३८ जना र प्रहरी बरिष्ठ हवल्दार-प्रहरी हवल्दार-प्रहरी सहायक हवल्दार-प्रहरी जवान २ सय ३१ गरी जम्मा २ सय ७३ जना खटाउने तयारी भएको छ ।

बझाडमा नायब उपरीक्षक १ जना, प्रहरी निरीक्षक २ जना, जुनियर प्रहरी अधिकृत ३४ जना र प्रहरी बरिष्ठ हवल्दार-प्रहरी हवल्दार-प्रहरी सहायक हवल्दार-प्रहरी जवान २ सय ५० गरी जम्मा २ सय ८७ जना खटाउने तयारी भएको छ । डडेल्धुरामा प्रहरी नायब उपरीक्षक १ जना, प्रहरी निरीक्षक ३ जना, जुनियर प्रहरी अधिकृत ३९ जना र प्रहरी बरिष्ठ हवल्दार/ प्रहरी हवल्दार-प्रहरी सहायक हवल्दार-प्रहरी जवान २ सय ८८ गरी जम्मा ३ सय ३१ जना खटाउने तयारी भएको छ ।

बैतडीमा प्रहरी नायब उपरीक्षक १ जना, प्रहरी निरीक्षक ३ जना, जुनियर प्रहरी अधिकृत ३६ जना र प्रहरी बरिष्ठ हवल्दार- प्रहरी हवल्दार-प्रहरी सहायक हवल्दार-प्रहरी जवान १ सय ८१ गरी जम्मा २ सय २१ जना खटाउने तयारी भएको छ । दार्चुलामा भने प्रहरी नायब उपरीक्षक १ जना, प्रहरी निरीक्षक ६ जना, जुनियर प्रहरी अधिकृत ५४ जना र प्रहरी बरिष्ठ हवल्दार-प्रहरी हवल्दार-प्रहरी सहायक हवल्दार-प्रहरी जवान ३ सय २६ गरी जम्मा ३ सय ८७ जना खटाउने तयारी भएको छ ।

तराईको जिल्ला कंञ्चनपुरमा प्रहरी जनशक्ति पठाईसकिएको र कैलाली लगायत पहाडी जिल्लाहरुमा प्रहरी दिवस पछि पठाईने सुदूरपश्चिम प्रदेश प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डिआईजी) बोहराले बताए ।

प्रदेशका सबै जिल्लामा सम्भावित जोखिमको अध्ययन गर्दै सुरक्षा व्यवस्था कडा बनाउन लागिएको डिआईजी बोहराले बताए । दशैं तिहारका बेला हुने लापरबाहीले अप्रिय घटनासमेत हुने भएकाले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको उनले बताए ।