गोदावरीले  ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गर्ने

गोदावरीले  ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गर्ने

धनगढी । गोदावरी नगरपालिकाले बार्षिक स्विकृत कार्यक्रम अनुसार अनुदानमा गहुँको बीउ वितरण गरिने भएको छ । 

 ५० प्रतिशत अनुदानमा वितरण हुने गहुँको बीउ अनुदानमा पाउनको लागि कार्तिक १३ गते भित्र नगरपालिकाको कृषि शाखामा निवेदन दिन किसानहरुलाई आग्रह गरिएको प्रमेख प्रशासकीय अधिकृत हरिदत्त भट्टले बताएका छन ।

नगरपालिकाले गत आर्थिक बर्षमा पनि किसानहरुलाई गहुँको बीउ विरतण गरेको थियो । 

नगरपालिकाले यस पटक  बीउ पाउनको लागि गत आर्थिक बर्षमा पाएको गहुँको परिणाम निवेदनका साथ पेश गर्न भनेको छ ।