लागुपदार्थ सहित एक युवक पक्राउ

लागुपदार्थ सहित एक युवक पक्राउ

धनगढी । कैलालीमा लागुऔषध सहित एक युवक पक्राउ परेका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १३ श्रीलंकाबाट लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला कञ्चनपुर, कृष्णपुर नगरपालिका ९ मा बस्ने ३२ वर्षिय जोगराज रानालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी कैलाली गाँउ, कैलालीबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उनको साथबाट ५० मिलिग्राम लागु पदार्थ फेला पारी पक्राउ गरेको हो ।