प्रधानमन्त्री प्रचण्डलाई मसुरियामा कालो झण्डा देखाइयो

प्रधानमन्त्री प्रचण्डलाई मसुरियामा कालो झण्डा देखाइयो

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कैलालीको मसुरियामा कालो झण्डा देखाइएको छ। 

जिल्लाको गौरीगंगा नगरपालिकाको नवनिर्मित भवन उद्घाटनमा सहभागी हुन आएका प्रधानमन्त्री प्रचण्डलाई मसुरियामा क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपाल र क्रान्तिकारी युवा संगठनले कालो झण्डा देखाएका हुन्।

समाजवादी मोर्चाको सन्देश सभामा सहभागी हुन धनगढी पुगेका प्रधानमन्त्री प्रचण्ड गौरीगंगा नगरपालिकाको नवनिर्मित भवन उद्घाटनमा पुगेका थिए।