धनगढीको पिसल्याण्ड रिर्सोटले ग्राहकलाई ३० हजारसम्मको उपहार वितरण गर्ने

धनगढीको पिसल्याण्ड रिर्सोटले ग्राहकलाई ३० हजारसम्मको उपहार वितरण गर्ने

धनगढी । दशैं तिहारको उपलक्षमा आफ्ना ग्राहकलाई ३० हजारसम्मको उपहार वितरण गर्ने पिसल्याण्डले जनाएको छ । 

२९ गतेबाट लागू हुन लागेको सो उपहार कार्यक्रम छठ पर्वको दिन (मंसिर ३ गते)ग सम्म चल्ने छ । उपहार योजना लक्की ड्र मार्फत गरिने सञ्चालक कविन्द्र ऐरले बताए । प्रत्येक ग्राहकले आफुले रिर्सोटमा लिएको सेवा वाफत विल अनिर्वाय लिनु पर्ने छ र सो विल नं. को आधारमा  उपहार वितरण हुने छ । 

पहिलो उपहार १० हजार नगद र दुईवटा कालिज रहने छ । त्यसैगरी दोस्रो उपहारमा ६ हजार नगद १ लोकल कुखुराको परिकार दिइने र तेस्रो उपहारमा ५ हजार नगदसहित ३ प्लेट चाइनिज चिकेन रहने सञ्चालक ऐरले बताए । 

उपहार लक्की ड्र मार्फत मंसिर ९ गते खोलिने छ ।