विदेशी नागरीकको उपचार गर्दै सारथी अस्पताल

विदेशी नागरीकको उपचार गर्दै सारथी अस्पताल

धनगढी । कैलालीको धनगढीस्थित सारथी अस्पतालमा इटालियन नागरिकको उपचार शुरू भएको छ ।

प्रदेशको पर्यटकिय क्षेत्र खप्तड घुम्न पुगेकी २६ वर्षिय एलिनोराको खुट्टा सुन्निएपछि सारथीमा उपचार शुरू भएको हो ।

कुष्ठरोग तथा सर्जन डाक्टर विष्णुबहादुर बुढा उनको उपचारमा संलग्न रहेका छन् । खप्तडमा कुनै किराले टोकेका कारण उनको खुट्टा सुन्निएको हुन सक्ने उनको भनाई छ ।

उनले यसरीनै संक्रमण फैलिदै गए टोकेको स्थान काट्नुपर्ने अवस्था रहने बताए ।