देशको निम्ति राम्रो काम गरेर अगाडि बढ्नु नै सम्झना र सम्मान होः प्रधानमन्त्री प्रचण्ड

देशको निम्ति राम्रो काम गरेर अगाडि बढ्नु नै सम्झना र सम्मान होः प्रधानमन्त्री प्रचण्ड

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी नेता कृष्ण बढुवाल (महेश) को श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै सामाजिक न्याय र सुशासनमा सरकार कसिएर लागेको बताएका छन् ।

बडुवाल सुदूर पश्चिम प्रदेश कमिटी उपाध्यक्ष हुन् । निमोनिया बाट ग्रसित बढुवालको असोज १० गते भारत उपचारका लागी लैजाने क्रममा निधन भएको थियो । आज प्रधानमन्त्री प्रचण्ड बढुवालको स्मृतिमा आयोजित शोक सभामा पुगेका थिए ।

‘उनी जनताको लागि समाज रूपान्तरणको लागि क्रान्तिकारी योद्धा थिए । ‘धैर्य गरेर महेशको सपना पूरा गर्नु पर्छ । देशको निम्ति समाजको निम्ति राम्रो काम गरेर अगाडि बढ्नु नै महेश जस्ता योद्धाहरूप्रतिको सम्झना र सम्मान हो ।’

महेशका दाजु कुम्भ बढुवालले भाइको स्मरण गर्दै सरकारले अझै राम्रो काम गर्नु पर्ने बताएका छन्।

समाजवादी मोर्चाको सन्देश सभामा सहभागी हुन् प्रधानमन्त्री आज कैलाली आएका हुन् ।