दार्चुलाः भिरबाट खसेको ढुङ्गाले लागेर महिलाको मृत्यु

दार्चुलाः भिरबाट खसेको ढुङ्गाले लागेर महिलाको मृत्यु

दार्चुला । दार्चुलामा भिरबाट खसेको ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको छ । 

दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर १ बास्पालि की जयमती महरको ढुङ्गाले लागेर आइतवार हिजो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

हिजो दिउँसो घाँस काट्ने क्रममा भिर माथिबाट खसेको ढुङ्गा जयमतीको टाउको लागेर गम्भीर घाइते भएकी थिईन् । 

घाइते जयमतीको जिल्ला अस्पताल दार्चुलामा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।