नेपाल बजार बिक्रि प्रतिनिधि संघद्धारा दृष्टि फाउन्डेसनलाई फलफुल तथा खाद्यान्न सहयोग

नेपाल बजार बिक्रि प्रतिनिधि संघद्धारा दृष्टि फाउन्डेसनलाई फलफुल तथा खाद्यान्न सहयोग

धनगढी  : नेपाल बजार बिक्रि प्रतिनिधि संघ को १९ औं स्थापना दिवस को अवसरमा धनगढीमा रहेको दृष्टि फाउन्डेसन संस्थालाई फलफुल तथा खाद्यान्न सामाग्री बितरण गरेको छ ।

सेवा नै धर्म हो भन्ने उद्धेश्यले असाहाय महिलाहरुको संरक्षण को लागि कार्यरत संस्था दृष्टि फाउन्डेसनलाई सुदुर पश्चिम प्रदेश समिती द्वारा फलफुल तथा विभिन्न खाद्यान्न सामाग्री बितरण गरिएको हो ।

उक्त कार्यक्रममा अध्यक्ष डम्मर ठकुल्ला, वरिष्ठ उपाध्यक्ष जनक ढकाल, केन्द्रिय सदस्य जनक कोइराला लगायतको उपस्थिती रहेको थियो ।