कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनियताको शपथ

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनियताको शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री कार्कीलाई सपथ गराए। 

गठबन्धन दलहरुबीच भएको सहमति अस्वीकार गर्दै कार्की नेकपा (एमाले) को सहयोगमा शनिबार संविधानको धारा १६८ (५) अन्तर्गत मुख्यमन्त्री नियुक्त भएका हुन् । 

नेपाली काँग्रेसको संस्थागत निर्णयविरुद्ध उभिदै मुख्यमन्त्री बन्नुभएका कार्कीले आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्नुभएको छ । उनले एमाले र काँग्रेस डा. शेखर कोइराला समूहबाट एक–एक जना मन्त्री नियुक्त गरी मन्त्रिपरिषद् गठन गर्नुभएको हो । 

मुख्यमन्त्री कार्कीलाई मुख्यमन्त्री बनाउन विशेष भूमिका निर्वाह गर्नुभएका इलामका सांसद शम्सेर राईलाई आफ्नो समूहबाट मन्त्री नियुक्त गर्नुभएको छ भने सहयोगी दल एमालेबाट पूर्व कृषिमन्त्री समेत भइसक्नुभएका इलामकै सांसद तथा एमाले संसदीय दलका उपनेता राम रानामगरलाई मन्त्रिपरिषद्मा समावेश गर्नुभएको छ ।