खुटिया–दिपायल फास्ट ट्र्याक : सांसद आलेको पहलमा भयो वन क्षेत्र प्रयोग गर्न पाउने निर्णय

खुटिया–दिपायल फास्ट ट्र्याक : सांसद आलेको पहलमा भयो वन क्षेत्र प्रयोग गर्न पाउने निर्णय

काठमाडौं । सरकारले खुटिया–दिपायल फास्ट ट्र्याक निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।

पछिल्लो समय बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।  सरकारका प्रवक्ता तथा सूचना संचार मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै उक्त कुराको जानकारी गराएका हुन् ।

डोटी जिल्लाबाट निर्वाचित सांसद प्रेम आलेको पहलमा उक्त बनक्षेत्र प्रयोग गर्न सरकारले खुला गरेको हो ।  रुख कटानीका लागि लामो समयदेखि प्रक्रिया अघि बढाइएको थियो । तर काम हुन सकेको थिएन् ।

सांसद आलेले संघीय सरकारका वनमन्त्री शक्ति बस्नेतसंग कुरा गरेर मन्त्रिपरिषदमा छलफल गरेपछि सरकारले उक्त निर्णय गरेको हो ।