धनगढी आउदै प्रधानमन्त्री प्रचण्ड

धनगढी आउदै प्रधानमन्त्री प्रचण्ड

धनगढी । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धनगढी आउने भएका छन । असोज २९ गते समाजवादी मोर्चाको भेला सम्बोधनका लागि प्रचण्ड धनगढी आउन लागेका हुन्।

प्रचण्ड आइतबार नेपालगन्जसम्म हवाइजहाजमा र त्यहाँबाट सडकमार्ग हुँदै गाडीमा धनगढी आउने कार्यक्रम रहेको जनाइएको छ । यसअघि धनगढीमा हुने भनिएको मोर्चाको भेला स्थगित भएको थियो ।

एकपटक एमसीसी सम्झौता कार्यान्वयनको विषयलाई लिएर मोर्चा घटक दलहरूबीच विवाद उत्पन्न भएपछि सभा अनिश्चितकालका लागि स्थगित भएकोमा पछि एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनका कारण अर्कोपटक भेला स्थगित भएको थियो ।