घनश्याम भुसालले भने- तीन दलका कारण देश उल्झनमा पर्‍यो

घनश्याम भुसालले भने- तीन दलका कारण देश उल्झनमा पर्‍यो

धनगढी । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले तीन दलका कारण देश उल्झनमा परेको बताएका छन् ।

शुुक्रबार धनगढी पुुगेका भुसालले मेची-महाकाली जागरण अभियान कार्यक्रममा बोल्दै एमालेले चलखेल गरिरहेकोबताएका हुन् ।

‘मुलुकमा आज एक खालको उकुसमुकुस छ । काङ्ग्रेस के गर्दैछ, अलमलमा छ । एमालेले अरु केही जान्दैन चलेखलमात्र जानेको छ’, उनले भने, ‘जति चलखेल हुन्छ, त्यही केपी ओलीको नेतृत्वमा एमाले ओरालो लाग्छ । माओवादी हामीले सोचे जस्तो अझै प्रष्ट हुन सकेको छैन ।’

उनले अहिलेको अलमल नतोडे मुलुकले असाधारण मूल्य चुकाउनुपर्ने समेत बताए । लोकतान्त्रिक गणतन्त्र ओलीका कारण खतरामा परेको दावी गर्दै उनले भने, ‘कम्युनिष्ट पार्टीको नाममा ओली र ओली गुट जन्मने छैन, फेरि लोकतन्त्रमा ओली जन्मिने छैन ।’