डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा विक्रम साउँद

डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा विक्रम साउँद

डोटी । डोटी उद्योग वाणिज्य सङ्घ डोटीको अध्यक्षमा बिहीवार विक्रम साउँद (घटाल) चयन भएका छन् ।

त्रिवेणी मिडिया नेटवर्कका निवर्तमान अध्यक्ष समेत रहेका साउँदको अध्यक्षतामा वाणिज्य संघको नयाँ कार्यसमिति चयन गरिएको हो ।

उद्योग वाणिज्य सङ्घको वरिष्ठ उपाध्यक्षमा प्रेम भण्डारी, वाणिज्य उपाध्यक्षमा नरबहादुर खड्का, उद्योग उपाध्यक्ष दीर्घ साउँद, महासचिवमा बमबहादुर बोगटी, सचिवमा हेमन्त कठायत र कोषाध्यक्षमा आईजंग कुँवर चयन भएका छन् ।

सदस्यहरूमा नन्दन कार्की, प्रेम विष्ट, दीपक शाह, प्रकाश रावल, गणेश बोहरा, दीपक कलेल र नन्ना भण्डारी चयन भएका हुन् ।