अपाङ्गता भएका व्यक्तिहरुका लागि सात दिने सिपमुलक तालिम सञ्चालन

अपाङ्गता भएका व्यक्तिहरुका लागि सात दिने सिपमुलक तालिम सञ्चालन

कैलाली : कैलालीको गोदावरी नगरपालिका ११ मा अपाङ्गता भएका व्यक्तिहरुका लागि सात दिने सिपमुलक तालिम सञ्चालन भएको छ ।

अपाङ्ग उत्थान समाज कैलालीको आयोजना तथा गोदावरी नगरपालिकाको आर्थिक सहयोगमा उक्त तालिम सञ्चालन भएको हो ।

तालिममा बिभिन्न अपाङ्गता भएका व्यक्तिहरुले तालिम लिन सक्ने आयोजकले जनाएको छ ।

तालिममा सहभागिता जनाएका व्यक्तिहरुलाई ग्यासचुलो र प्रेशकुकर मर्मत सम्बन्धि सिप सिकाइने अपाङ्ग उत्थान समाज कैलालीका अध्यक्ष नरदिप धामीले बताए ।