नेपाल वेस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनीयरिंग कलेजको २ दिने ओरिन्टेसन कार्यक्रम सम्पन्न

नेपाल वेस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनीयरिंग कलेजको २ दिने ओरिन्टेसन कार्यक्रम सम्पन्न

धनगढी । पोखरा विश्व बिद्यालयद्वारा सम्बन्धन प्राप्त नेपाल वेस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनीयरिंग कलेजले २ दिने ओरिन्टेसन कार्यक्रम सम्पन्न गरेको छ ।

ब्याचलर तहमा यसै शैक्षिक शत्रको चौथो ब्याच अन्तर्गत बि.बि.ए.बि.आई. तथा बि.एच.एम. कार्यक्रममा भर्ना भएका बिद्यार्थीहरुका लागि बर्दियाको ठाकुरद्वार स्थित एक रिसोर्टमा असोज १९ र २० गते गरी २ दिने ओरिन्टेसन कार्यक्रम सम्पन्न गरेको हाे ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै प्राध्यापक धर्मराज उपाध्यायले विधार्थीहरुका अभिभावकको सपना पुरा गर्न जिम्मेवारी पुर्वक अध्यापनलाई अगाडी बढाउने र अहिलेको बजारको माग अनुसारको दक्ष जनशक्ति तयार  पार्न कलेज लागिपरेको धारणा ब्यक्त गरेका थिए ।  

कार्यक्रममा सभापति तथा डाइरेक्टर शैलेश कुमार सिंहले यस शैक्षिक सत्रमा पोखरा बिश्व बिद्यालय अन्तर्गत देशभर ब्याचलर तहमा पहिलो  ओरिन्टेसन कार्यक्रम आफ्नो कलेजले सम्पन्न गर्न पाउदा खुशी लागेको बताए ।

उनले भने,—‘नेपाल वेस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनीरिंग कलेजललाई पहिलो रोजाई बनाई यस कलेजमा बिध्यार्थीहरुलाई स्वागत गर्न पाउदा सबैमा धन्यबाद दिन चाहान्छु’ बिद्यार्थीको चाहना अनुसार समय सुहाउँदो सिकाइ प्रणाली अवलम्बन गरी हरेक बिद्यार्थीलाई नेतृत्वदायी भूमिकामा पुग्न सक्षम बनाउनुका साथै स्किल डेभलपमेन्ट हुने खालका अतिरिक्त क्रियाकलाप सन्चालनमा बढी जोड दिने भएकोले ढुक्क भएर आ–आफ्नो पठनपाठनमा लाग्न उनले अनुरोध गरे । 

उक्त कार्यक्रममा कलेजका संस्थापक तथा डाइरेक्टर शैलेशकुमार सिंहको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सन्चालन शिक्षक गोकर्ण जोशीले गरेका थिए । कार्यक्रममा एकेडेमीका डाइरेक्टर, प्रोग्राम एच.ओ.डी, शिक्षक तथा कर्मचारीको उपस्थिति रहेको थियो । 

बि.एच.एम. र बि.बि.ए–बि.आई कार्यक्रममा पढाई हुने यस क्षेत्रकै पहिलो र एकमात्र यस कलेजले हरेक बर्ष ओरिन्टेसन कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।