नारायणकी आमाले भनिन –‘छोरा मरेको छैन, फर्केर आउँछ’

नारायणकी आमाले भनिन –‘छोरा मरेको छैन, फर्केर आउँछ’

धनगढी । घरभित्र रुवाबासी चलिरहेको छ । हरिकृष्ण न्यौपाने मुर्छा परेर बसेका छन् । उनको मुखबाट शब्द पनि आइरहेको छैन् । इजरायल आक्रमणमा मृत घोषित भएका कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर-४ का नारायणप्रसाद न्यौपानेको शोकमा रहेको घर हो ।

नारायणप्रसादकी सानी आमा (कान्छी आमा) सिता न्यौपानेले सामाजिक सञ्जाल तथा छिमेकीबाट आफनो छोरा मरेको खबर पाइन् । तर, अहिलेसम्म उनलाई विश्वास भने छैन् । उनले भनिन –‘इजरायल आक्रमणमा परि मेरो छोरा मरेको खबर सुने । मलाई अहिलेसम्म विश्वास छैन् । मेरो छोरा फर्केर आउँछ । ती सबै १० जना फर्केर आउँछन’ उनले सामाजिक सञ्जाल र छिमेकीबाट सुनेको खबर झुटो हुने बताइन् ।

शब देख्न नपाएको हुँदा अव फोन आउँछकी छोराको भन्ने पर्खाइमा छन् उनी । ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इन्टर्नसिपमा अध्ययन गर्न करिव एक महिना पहिले नारायणप्रसाद इजरायल गएका थिए । पढाइका लागि लिइएको ऋण तिर्न तथा पक्की घर बनाउने सपनासहित उनी इजरायल गएको आमा सिताले बताइन् । ‘पढ्दै कमाउँदै नयाँ घर बनाउँछु भन्थ्यो’ उनले छोराले फोन सम्पर्कमा भनेको कुरा स्मरण गर्दै भनिन –‘घर बनाउन पैसा म पठाउँला ढुङ्गा झार्दै गर्नुहोला ।’

उनले एकाएक छोरा मरेको कुरा विश्वास गर्न सकिरहेकी छैनन् । उनी इजरायल जानका लागि भदौ २० गते घरबाट निस्केका थिए । उनले भदौ २५ गते राती १२ बजे बिदेश जादैँछुु आमा भनेर फोन गरेको कुरा आमा सिताको स्मरणमा अझै छ । ‘त्यहाँ पुुगेपछि आफ्नो काम हामीलाई सुनाएको थियो’ उनले भनिन –‘घरका हामी सबै काम देखेर खुशी भएका थियौं । तर, आक्रमणको घटनाले मनलाई विछिप्त बनाएको छ ।’

जेठा छोरा धर्मराज न्यौपानेले भाई नारायणकालाई पढाउनुुपर्छ भनेर १० वर्षदखि भारतको बैँगलोरमा काम गरिरहेका छन् । उनले आफ्नो भाईलाई पढाउनलाई भारत कुुरिरहेको आमा सिताले बताइन् । उनले नारायाणलाई पढाएर केही गर्छ भन्ने आाशासहित बिदेश पठाएको बताइन् ।

घर परिवारको दैनिकी चलाउन धर्मराज रोजगार छन् । भारतको बैंगलोरमा काम गर्दै घर खर्च उनले पठाइरहेको सिताले बताइन् । ‘सानो छोरा करिव १२ बर्षको छ । तीन छोरामा माइला नारायण उमेरले २२ पुुग्दै थिए । २०५८ साल फाल्गुुनमा उनको जन्म भएको हो’ आमा सिताले भनिन ‘धर्मराज आफुले नपढेपनि भाईलाई पढाउछुु भनेर भारतमा काम गर्न गयो ।’ नारायणका बुवा हरिकृष्ण ‘अशक्त छन् । घरमा आर्थिक अवस्था राम्रो नभएको सिताले सुनाइन् ।  

‘छोराले अव घर बनाउन पर्छ आमा भनेको थियो तर, छोराको सपना टुुट्यो । मेरो छोराले जानुु भन्दा म गएपनि हुन्थ्यो अव हाम्रो के काम छ ? हाम्रो त उमेर पनि पुुगिसक्यो’ उनले पाँच दिन अघि मात्रै छोरासंग कुरा गरेको सम्झिदैँ भनिन् ‘ऋण कर्ज गरेर छोरा केही गर्ला भनेर पठाएका थियौँ हामीलाई के थाहा यस्तो दिन देख्नुुपर्छ भनेर ।’

 नारायणकी आमा रुपाको मृत्युु भएपछि सिता त्यस घरमा कान्छी आमाको रुपमा आएकी थिइन् । सानैबाट आफ्नै हातले पालन पोषण गरेका छोराले यसरी एक्कासी छोडेर जाँदा आफ्नो साहारा नै टुुटेको उनी सुनाउँछिन् । 
प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट १० जनाको मृत्युु भएको थियो । आइतबार साँझ इजरायलस्थित नेपाली दूतावासले उनीहरुको मृत्युु भएको पुष्टि गरेको थियो । जसमा मारिनेमा सात जना सुदूरपश्चिमका रहेका छन् । अहिले सिंगो मुुलुुकसंगै सुदूरपश्चिम पनि रोइरहेको छ । यहाँको अवस्था अहिले निकै फरक बनेको छ । 

छोराहरु गुमाएका आमाबुबाहरु अहिले विक्षिप्त छन् । आक्रमणमा मृत्यु हुनेमा कैलाली घोडाघोडी नगरपालिका ४ का नारायणप्रसाद न्यौपाने, कैलालीकै बौनिया ३ का आशीष चौधरी, डोटी पचनली ३ का राजन फुलारा, डोटीकै लमिखाल ८ का पदम थापा, दार्चुला लेकम ५ का दीपेशराज विष्ट, दार्चुला मालिकार्जुन ४ का लोकेन्द्रसिंह धामी, बझाङ जयपृथ्वी ६ का गणेशकुमार नेपाली रहेका छन् ।

यस्तै धनुषा सपाही ६ का आनन्द साह, सुनसरी मधुवन १ का राजेशकुमार स्वर्णकार र सल्यान सारदा ३ का प्रवेश भण्डारी रहेका छन् भने अन्य चार जना अस्पतालमा उपचाररत छन् । घाइतेहरूमा सल्यान सारदा २ का विधान सेजवाल, दाङ दङ्गिशरण वडा नम्बर ३ का प्रवीण डाँगी, कैलाली टीकापुर ९ का धनबहादुर चौधरी, गोरखा ८ गोर्खाका हिमान्चल कट्टेल र कंचनपुर भीमदत्त ३ का विपिन जोशी छन् । 

प्रभावित सबै विद्यार्थी सुदूरपश्चिम विश्वविद्यालय कृषि संकायअन्तर्गत टिकापुर बहुमुखी क्याम्पसका रहेको बताइएको छ । इजरायलमा सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत कुल २ सय ६५ विद्यार्थी इजरायल गएका छन् । तीमध्ये ४९ जना सुदूरपश्चिम विश्वविद्यालयका हुन् । त्यसमा पनि प्रभावित १७ जना सुदूरपश्चिम विश्वविद्यालयकै हुन् ।