पहिरोले जेसीबी पुरिँदा चालकको मृत्यु

पहिरोले जेसीबी पुरिँदा चालकको मृत्यु

काठमाडौं । दाङको रामपुर–१०, टोक्सेमा सडक मर्मत गर्ने क्रममा पहिरोले जेसीबीसहित पुरिँदा चालकको मृत्यु भएको छ । 

दाङको शान्तिनगर गाउँपालिका–१ का ३० वर्षीय धनवीर खड्काको मृत्यु भएको हो। उपचारको क्रममा तानसेनस्थित मिसन अस्पतालमा सोमबार बिहान ३ बजेतिर उनको मृत्यु भएको हो। 

आइतबार साँझ ६ बजेतिर सडक मर्मत गर्ने क्रममा माथिबाट खसेको पहिरोले बा २ क १९५७ नम्बरको जेसीबी पुरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।