शिक्षामा लगानी बढाउँदै लैजानुपर्नेमा सरकार प्रष्ट छः शिक्षामन्त्री राई

शिक्षामा लगानी बढाउँदै लैजानुपर्नेमा सरकार प्रष्ट छः शिक्षामन्त्री राई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षामा लगानी बढाउँदै जानुपर्छ भन्ने कुरामा सरकार प्रष्ट रहेको बताएका छन् ।

आउदा वर्षहरुमा अर्थतन्त्रको प्रगतिसँगसँगै शिक्षामा बजेट बढाएर राख्ने मन्त्री राईको भनाई छ । आइतबार प्रतिनिधि सभा बैठकमा विद्यालय शिक्षा विधेयक(२०८० माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उहाँले मुलुकको अर्थतन्त्रको बढोत्तरी नभएसम्म भने कुनैपनि क्षेत्रमा लगानी वृद्धि गर्न सकिने अवस्था नरहने स्पष्ट पारे ।

मन्त्री राईले विज्ञहरुसँग थप छलफल गरेर उक्त विधेयकलाई समृद्ध बनाउन पनि सरकार तयार रहेको बताए। उनले सरकारले शिक्षक, विद्यार्थी र अभिभावकको जायज मागलाई सम्बोधन गरेर नै सो विधेयकलाई अघि बढाउने पटकपटक दोहोर्‍याए।