पुर्चौडीमा किसानका लागि हाते ट्याक्टर वितरण

पुर्चौडीमा किसानका लागि हाते ट्याक्टर वितरण

बैतडी । बैतडीको पुर्चौडी नगरपालिकामा कृषक समुह र उत्कृष्ठ कृषकलाई हाते ट्याक्टर वितरण गरिएको छ । नगरपालिकामा एक औपचारिक कार्यक्रमको आयोजना गरी हाते ट्याक्टर वितरण गरिएको हो । 

प्रत्येक वडाबाट एकएक वटा कृषक समुह र नगरपालिकाका एक उत्कृष्ठ कृषक गरी ११ वटा हाते ट्याक्टर वितरण गरिएको पुर्चौडी नगरपालिकाका कृषि साखा प्रमुख उत्तम बहादुर बिष्टले जानकारी दिए । 

कृषिलाई आधुनिकणमा लैजानको लागि यो कार्यक्रमले प्रभावकारी भूमिका खेल्ने विश्वास गरिएको छ । सबै किसान तथा कृषक समुहको मागको आधारमा हाते ट्याक्टर वितरण गरिएको नगरपालिकाले जनाएको छ । 

आधुनिक औजार वितरण गरिएसँगै किसानहरुको पेशागत अभिवृद्धिमा सहयोग पुग्ने विश्वास गरिएको नगर प्रमुख दीपक बादुर बमले बताए ।