कञ्चनपुरमा छोराले गरे बुवाको हत्या

कञ्चनपुरमा छोराले गरे बुवाको हत्या

कञ्चनपुर। कञ्चनपुरमा छोराले बुवाको हत्या गरेका छन् । 

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ भीमबस्तीका १८ वर्षीय हेमन्त धामीले ४६ वर्षीय बुवा जसवीरको कोदालो प्रहार गरेर हत्या गरेका हुन् ।

हेमन्तले कोदालो प्रहार गरेर बुवाको घटनास्थलमा मृत्यु भएको कञ्चनपुर प्रहरीले बताएको छ। 

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार घर परिवारको विवादका कारण उनले बुवामाथि आइतवार बिहान कोदालो प्रहार गरेका हुन्। हेमन्तलाई इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीले नियन्त्रणमा लिएको छ । 

हत्या गरिएका धामी पूर्व सेना रहेको खुलेको छ।