बझाङमा ८ वर्षीय बालकको ज्यान गयो

बझाङमा ८ वर्षीय बालकको ज्यान गयो

बझाङ । बझाङमा रुखबाट लडेर एक बालकको ज्यान गएको छ । जिल्लाको जयपृथ्बी नगरपालिका वडा नम्बर ७ खगेडाका पदमराज सार्कीको छोरा ८ वर्षीय बिजय सार्कीको रुखबाट खसेर शुक्रवार साँझ ज्यान गएको हो।

घर नजिकै रहेको ओखरको रुखमा ओखर टिप्ने क्रममा रुखबाट खसेर बिजयको टाउँकोमा गम्भिर चोट लागेको थियो। उनको उपचारका क्रममा जिल्ला अस्पताल बझाङमा ज्यान गएको प्रहरीले जनाएको छ।