बझाङमा भूकम्पः एक वृद्ध घाइते

बझाङमा भूकम्पः एक वृद्ध घाइते

बझाङ । बझाङमा भूकम्पले घरको छानो खस्दा एक वृद्ध घाइते भएकी छिन । मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर आएको भूकम्पको धक्काले घर छाएको स्लेट खस्दा आँगनमा बसिरहेका मष्टा–४ का सुको फराडा घाइते भएका हुन् ।

बझाङमा शनिबार बिहान ११ः४५ मा भातेखोला केन्द्रविन्दु बनाएर ५.३ रेक्टर स्केल भुकम्प आएको थियो । उनको हातमा चोट लागेर नशा च्यातिएको भातेखोला स्वास्थ चौकीलाई उद्धत गर्दै मष्टा– ४ का वडा अध्यक्ष उत्तम जोशीले बताए । उनको भातेखोला स्वास्थ चौकीमा उपचार हुन नसकेपछि जिल्ला अस्पताल सिमखेत ल्याइँदै छ ।

बझाङमा शनिबार बिहान ११ः४५ बजे ५.३ रेक्टर स्केल र दिउँसो १२ः३२ बजे पुनः तल्कोट गाउँपालिकाको धमेना आसपास केन्द्रविन्दु बनाएर ४.३ रेक्टर स्केलको भुकम्प गएको थियो ।

गत मंगलबार अपराह्न २ बजेर ४३ मिनेटमा बझाङ केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यस यता निरुन्तर बझाङमा कम्पन भइरहेको छ ।