चार टन अबैध आलु बरामद, ट्रक चालक पक्राउ

चार टन अबैध आलु बरामद, ट्रक चालक पक्राउ

धनगढी। धनगढीबाट चार टन आलु बरामद गरिएको छ। 

आज (शनिबार) विहान १० बजे तिर जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर४ चटकपुरस्थित दक्षिणकालीबाट भन्सार छलीको चार टन आलुसहित ट्रकचालकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बाँके जिल्लाको रुपडिया नाकाबाट ल्याइएको अबैध आलु धनगढीबाट जफत गरिएको हो। आलुसहित युपी ७६ के ८२१४ नम्बरका ट्रकचालक भारत घरभई हाल धनगढी ४ दक्षिणकाली नजिक बस्ने ४७ वर्षीय संतिश गुप्तालाई नियन्त्रणमा लिएको जनाएको छ।

३० टन आलु धनगढी ल्याइएको र २६ टन आलुको भन्सार काटेको पाइएपनि चार टन आलुको भन्सार नै नकाटेर भित्र्याएको पाइएको प्रहरीले बताएको छ।

२० लाखको ट्रक र आलुको मुल्य एक लाख ८० हजार गरेर २१ लाख ८० हजार बराबरको समान नियन्त्रणमा लिएको कैलाली प्रहरीले जनाएको छ।