सेती नदीमा दुई बालक बेपत्ता

सेती नदीमा दुई बालक बेपत्ता

धनगढी । सेती नदीमा दुई बालक बेपत्ता भएका छन् । डोटीको दिपायल स्थित  पुल नजिक सेती नदिमा नुहाउने क्रममा दुई बालका बेपत्ता भएको उद्योग वाणिज्य सङ्घ डोटीका महासचिव दीपक खड्काले जानकारी दिए ।

दिपायल सिलगढी नगरपालिका वडा नंम्बर ७ पिपल्ला बस्ने  ७ वर्षकी  खुसी प्रजापति र साढे दुई वर्षका सिद्धार्थ देउवा बेपत्ता भएका हुन । सुवास प्रजातिका छोरी तर्फका नाति सिद्धार्थ र छोरा तर्फका नातिनी खुसी  बेपत्ता भएका हुन । 

बेपत्ता दुवैको खोजी भईरहेको छ ।