पुनर्वासका स्थानीय किसानलाई क्षतिपूर्तिको माग

पुनर्वासका स्थानीय किसानलाई क्षतिपूर्तिको माग

धनगढी । औद्योगिकजन्य रसायनका कारण धान र उखु बालीमा क्षति पुर्याएको भन्दै कञ्चनपुर पुनर्वासका स्थानीय किसानले क्षतिपूर्तिको माग गरेका छन् । गएको साउन २४ र २५ गतेको बाढीका कारण डुबान भएको पुनर्वास नगरपालिका–२, ५, ७ र ९ मा धान र उखु नष्ट भएको थियो । 

विगतमा पनि त्यस्तै बाढी आउँदा क्षति नहुने ठाउँमा एकाएक धान र उखु बाली सुकेपछि किसान अचम्मित भएका थिए । २४२।९ बिघामा लगाइएको धान र ११०.३ बिघामा लगाइएको उखु बारीमा बाढीसँगै बगेर आएको बायोकेमिकल अक्सिजन डिमान्ड ९बिओडी० र केमिकल अक्सिजन डिमान्ड ९सिओडी० ले क्षति पुर्याएको दाबी किसानको छ । 

पुनर्वास नगरपालिकाले बढीसँगै भागेश्वर सुगर मिलबाट बगेर आएको रसायनका कारण धान र उखु बारी नष्ट भएको कुरा परीक्षणबाट पुष्टि भएको जनाएको छ । नगरपालिका–२ स्थित भागेश्वर सुगर मिल रहेको छ । 

केमिकलका कारण कृषि बाली नष्ट भएको किसानले जिकिर गरे पनि केमिकल कहाँबाट आयो भन्ने कुराको वैज्ञानिक रूपमा पुष्टि हुन सकेको थिएन । यद्यपि विनाशकारी केमिकल भागेश्वर चिनी मिलबाटै किसानको खेतमा बगेर आउँदा बाली सखाप पारेको बताइएको छ । 

गोरखापत्रबाट