त्रिवि बीएचएमको पाठ्यक्रम संशोधन,  ३ वर्षपछि इन्टर्सिपसँगै सिधैँ रोजगारी

त्रिवि बीएचएमको पाठ्यक्रम संशोधन,  ३ वर्षपछि इन्टर्सिपसँगै सिधैँ रोजगारी

धनगढी । त्रिभुवन विश्वविद्यालयले ब्याचलर इन होटल म्यानेजमेन्ट ९बीएचएम० कार्यक्रमको पाठ्यक्रम संशोधन भएको छ । पाठ्यक्रम संशोधन भएसँगै अब स्नातक तहमा होटल म्यानेजमेन्टको इन्टर्नसिपका लागि गएपछि फर्कनु नपर्ने भएको छ । 

अब पढाईं ३ वर्ष सैद्धान्तिक पछि लगातार १ वर्ष इन्टर्सिप हुनेछ । उक्त इन्टर्नसिप अवधि पूरा भएसँगै त्यही जागिर गर्न सकिने भएको छ । यसअघिको पाठ्यक्रम अनुसार विद्यार्थीहरु विदेशमा इन्टर्नसिप गइसकेपछि पुनस् फर्किएर थप एक सेमिस्टर अध्ययन गर्नुपर्थ्यो । अब भने लगातार ३ वर्ष पढेपछि विद्यार्थीहरु सिधैँ इन्टर्नसिपमा जान सक्नेछन् । उनीहरु फर्कनु पढ्दैन । इन्टर्नसिप सकाएर उतै जागिर गरेर बस्न सक्छन् ।

सुदूरपश्चिममा त्रिविको बीएचएम अध्ययन हुने धनगढीको एसपीए कलेज एकमात्रै शैक्षिक संस्था हो । त्रिविको नयाँ पाठ्यक्रमले विद्यार्थीलाई ठूलो लाभ मिलेको एसपीएका बीएचएम कार्यक्रम निर्देशक डिल्लीराज भण्डारीले बताए ।

पहिलेको पाठ्यक्रमले पढाईंकोबीचमा इन्टर्नसिप हुने र तारे होटलहरुमा आकर्षक इन्टर्नसिपको अवसर पाउँदा पनि फर्केर पुनस् पढाई सक्नुपर्ने बाध्यता थियो, भण्डारीले भने, नयाँ संशोधित पाठ्यक्रम अनुसार अब विद्यार्थी फर्कनुपर्दैन । यही ३ वर्ष अध्ययन सकेर विदेश जाने र उतै रोजगारीको सुनिश्चितता हुने भएको छ ।

एसपीएमा अध्ययनरत् विद्यार्थीहरु हाल अमेरिका, दुबई, कतार, बहराईन, मलेसिया, माल्दिभ्स, भारत र नेपालकै विभिन्न फाइभस्टार होटेलहरुमा पेड इन्टर्नसिप पाइरहेका छन् । 

यस्ता इन्टर्नसिपले विद्यार्थीहरुलाई कम्तीमा पढ्दापढ्दै विद्यार्थीहरुले आफ्नो शैक्षिक शुल्क आफै तीर्न सक्ने बनाउँने र भविष्य सुनिश्चित गरिदिने बनाएको छ । 

हाल एसपीए कलेजमा नयाँ शैक्षिक शत्रका लागि भर्ना कार्यक्रम चलिरहेको भण्डारीले जनाए । १२ मा जुनसुँकै विषय अध्ययरत् विद्यार्थीहरुले बीएचएम अध्ययन गर्न पाउँछन् ।