दार्चुलामा चार किलो चरेससहित दुई जना पक्राउ

दार्चुलामा चार किलो चरेससहित दुई जना  पक्राउ

दार्चुला । दार्चुलामा चार किलो चरेससहित दुई जना पक्राउ परेका छन्।  पक्राउ पर्नेमा जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर १ ताकुका २८ वर्षीय विर्ख ठगुन्ना र घोल्जरका २० वर्षीय सहदेब ठगुन्ना रहेका छन् ।

गएराति करिव साढे १ बजेतिर शैल्यशिखर नगरपालिकाको वडा नम्बर ३ कर्कलेबाट उनीहरुलाई चेकजाँच गर्दा ४ किलो १०० ग्राम चरेस र जोख्ने तराजुसहित फेला पारेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुला र इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले चरेससहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जना माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।