कैलालीमा कटुवा पेस्तोलसहित एक जना पक्राउ

कैलालीमा कटुवा पेस्तोलसहित एक जना पक्राउ

धनगढी । कैलालीमा कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।

 धनगढी उपमहानगरपालिका १३ श्रीलंका बस्ने वर्ष २८ को सरोज धानुक पक्राउ परेका छन् । 

हतियारको कारोबार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले धानुकलाई नियन्त्रणमा लिइएको हो ।

उनको साथबाट कटुवा पेस्तोल थान १ र गोली राउन्ड ४ थान फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदीप चन्दले बताए । उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।