गणतन्त्रपछि पनि सोचे अनुरुप विकास नभएको जनताको भनाई

गणतन्त्रपछि पनि सोचे अनुरुप विकास नभएको जनताको भनाई

धनगढी : देशमा गणतन्त्र आएको स्थापना भएको आज १२ बर्ष पुरा भएको छ । संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ ।

आज झन्डै २ सय ५० वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई हटाएर नेपालमा गणतन्त्र स्थापना भएको दिन हो । सुदूरपश्चिम प्रदेश सरकारले आज धनगढीमा गणतन्त्र दिवसको अवसरमा कार्यक्रम आयोजना गरेको छ । संघीय गणतन्त्र स्थापना भएको १२ वर्ष सम्म पनि सोचेजति र नागरिकले आशा गरे अनुसार उपलब्धि हासिल नभएको जनताहरुले गुनासो गरेका छन । 

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको १२ वर्ष पूरा भएको छ । दोस्रो जनआन्दोलन २०६२÷६३ को जगमा भएको चुनावबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

दुई सय ३८ वर्ष लामो शाहवंशीय राजतन्त्र अन्त्य भएको घोषणा भएको यो दिनलाई गणतन्त्र दिवसका रुपमा मनाइन्छ । गणतन्त्र स्थापना भएपछि विकास र आर्थिक उन्नतिले फड्को मार्ने ाशामा रहेका जनताले भने सोचे अनुसार काम हुन नसकेकोमा निराश छन् । गणतन्त्र स्थापना भएको १द्द बर्ष पुग्दा पनि नागरिकले सोचे जस्तो परिबर्तन हुन नसकेको बैतडीको पाटन नगरपालिकाका एक जना स्थानीय बताउनु हुन्छ ।

गणतन्त्र पछि गरीबी अन्त्य हुने र रोजगारीका अवसर सिर्जना हुने आशामा रहे पनि सोचे अनुरुप सरकारले काम गर्न नसकेको उनीहरुले बताएका छन । गणतन्त्र आएको १२ बर्ष पुरा हुदाँ पनि गरिब जनताहरुको मुहारमा खुशी आउन नसकेको धनगढीका चिन्नाराम नेपालीले बताउनुभयो । गरीब निमुखा जनताहरुले केही सेवा सुबिधा पाउलान भन्ने सोचेको तर गाणतन्त्र नेता र नेताका आफ्न्तका लागि मात्र आएको उहाँले बताउनुभयो ।

गणतन्त्रले गरीब जनताहरुलाई न्याय गर्नु पर्नेमा अन्याय गरेको सर्बसाधारण जनताहरुले दुखेसो गरेका छन । गणतन्त्र आएको १२ बर्ष पुग्दा सम्म पनि आफुहरुलाई अझै पनि गणतन्त्र नआएको जस्तो अनुभुति हुने गरेको कञ्चनपुरका महेशराम नेपाली बताउनु हुन्छ ।

जनताहरुले गणतन्त्र आएको १२ बर्ष पुग्दा पनि गणतन्त्र आएको अनुभुति गर्न नपाएको बताइरहँदा राजनीतिक दल र नेताहरुले भने गणतन्त्र स्थापना पछि सोचे जस्तो परिबर्तन नभए पनि परिबर्तनको दिशातर्फ देश अघि बढिसकेको बताएका छन ।

देश संघियतामा गइसकेकाले अब जनता निराश हुनु नपर्ने सुदुपश्चिम प्रदेश सभा सदस्य पुर्णा जाशीले बताउनुभयो । उहाँले मौलिक अधिकारको व्यवस्था संबिधानले गरिसकेको बताउदै अब देशको बिकास गर्न सबै जना एक जुट भएर अगाडि बढ्नु पर्ने बताउनुभयो ।

जनताहरुले लामो समय पछि स्थिर सरकार पाएका छन । त्यसैले अब सबै राजनीतिक दलहरु मिलेर आफ्नो स्वार्थको लागि नभएर जनताहरुको हितका लागि काम गरेर देशको बिकास गरी  जनतालाई देशमा गणतन्त्र आएको महशुस गराउन आवश्यक छ ।