बझाङमा भूकम्पका कारण एघार जना घाइते

बझाङमा भूकम्पका कारण एघार जना घाइते

धनगढी । बझाङमा भूकम्पमा जाँदा ११ जना घाइते भएका छन् । जिल्लालाई नै केन्द्र बिन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पका कारण ११ जना घाइते भएका हुन् ।

जिल्ला अस्पताल बझाङका डाक्टर इन्द्र शाहका अनुसार हाल सम्म ११ जना अस्पताल आएकोमा २ जनालाई उपचारपछि घर पठाइएको छ  । 

जयपृथ्वी नगरपालिका ११ की  ७ वर्षीय सलिना जोशी सोही ठाउँकी ११ की प्रमिला जोशीलाई उपचारपछि घर पठाइएको हो । तत्काल जिल्ला अस्पताल इमर्जेन्सीमा ९ जनाको उपचार भइरहेको छ । खप्तडछान्ना ७ की  १८ वर्षीय सुनिता रोकाया, जयपृथ्वीका  ३ वर्षीय नितिक बोहारा, जयपृथ्वी ७ की १६ वर्षीय  यलिसा बम  घाइते भएका छन् । 

यस्तै  मष्टा ३ की १५ वर्षीय  आँसु सार्की, मष्टा १ की १३ वर्षीय सविता रोकाया, मष्टा १ की ३६  वर्षीय शान्ती देवी थापा, दुर्गाथली ६ का २३ वर्षीय अम्मर जाग्री, तालकोट ३ का १८ वर्षीय कमल कडाल,  जयपृथ्वी १० की   २०  वर्षीय रमा परियार घाइते भएका छन् । 

राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङको जयपृथ्वी नगरपालिका केन्द्रबिन्दु बनाएर दिउँसो २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टरको भूकम्प गएको थियो । त्यसको २६ मिनेटपछि सोही क्षेत्र केन्द्रबिन्दु बनाएर ६.३ रेक्टरको भूकम्प गएको थियो । भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्ला र कर्णाली प्रदेशमा समेत महसुस गरिएको थियो ।