कसैलाई आममाफी दिइएको छैन, कैद कट्टा गरेर छुटाइएको हो: मन्त्री रञ्जिता श्रेष्ठ

कसैलाई आममाफी दिइएको छैन, कैद कट्टा गरेर छुटाइएको हो: मन्त्री रञ्जिता श्रेष्ठ

धनगढी । भूमि, व्यवस्था तथा सहकारीमन्त्री रञ्जिता श्रेष्ठले सरकारले संविधान दिवसको अवसरमा कैदीलाई आममाफी नदिएर कैद कट्टा गरिएको बताएकी छन्।

मंगलवार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले आम माफी नभइ कैद कट्टा मात्रै गरेको बताएकी हुन्। उनले आफूहरुले अपराधी राजनीतिक तवरबाट छुट्नुपर्छ नभनेको भन्दै यस पटक कसैलाई आममाफी नदिइएको बताएकी हुन् ।

उनले कैद कट्टा गरेर छुटाउनु र आम माफी दिनु फरक भएको दाबी गरिन्। उनले भनिन्, ‘आम माफी एउटा छुट्टै कुरा हो। अदालतबाट दोषी ठहर भएकालाई पनि आम माफी दिने भन्ने कुरा छ। र अहिले आम माफी नै दिइएको छैन। किनभने यो त कैद कट्टा गरिएको हो।

कैद कट्टा गरेर छुटाइएको हो। हामीले क्याविनेट बैठक बस्दा पनि त्यो भनेको छैन। अपराधीलाई राजनीतिक तवरबाट छुट्नुपर्छ भनेका छैनौं। कारागारमा गइसकेपछि कैद कानुनअनुसार भोग्नुपर्छ। यसपटक कसैलाई आममाफी दिइएको छैन। नबुझेको हो। कैद कट्टा हो।’