एमाले निकटकै युवा नेताहरुले लगाए पार्टी कार्यालयमा ताला

एमाले निकटकै युवा नेताहरुले लगाए पार्टी कार्यालयमा ताला

धनगढी । नेकपा एमालेको धनगढी स्थित सुदूरपश्चिम प्रदेश कार्यालय, जिल्ला पार्टी कार्यालय र  धनगढी उपमहानगरपालिकाको पार्टी अफिसमा तालाबन्दी गरिएको छ। 

प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोटमा नेकपा एमाले निकटकै युवा नेताहरुले पार्टी कार्यालयहरुमा ताला लगाएका हुन् ।

एमाले कैलालीको जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियुका केन्द्रिय सदस्य समेत रहेका किशोर शाहले आज ९मंगलबार० पार्टी अफिसहरुमा ताला लगाइएको  बताए । उनका अनुसार युवा नेताहरुको समूहले पार्टीको विधि, विधान एवं पार्टी मूल्य मान्यतालाई लत्याएर प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोट गरिएकोले तालाबन्दी गरिएको हो ।

धनगढी सहित जिल्ला र बाहिरका विभिन्न क्षेत्रमा नेताहरुले भुगोलमा रहेका युवा नेता, कार्यकर्तालाई छोडेर अन्यलाई प्रतिनिधि बनाइएको तालाबन्दीकर्ताहरुको  आरोप छ। यहीँ असोज २१ र २२ गते धनगढीमा एमाले सुदूरपश्चिमको प्रदेश अधिवेशन तोकिएको छ।