नेपालगञ्जमा तनाव, कर्फ्यू आदेश

नेपालगञ्जमा तनाव, कर्फ्यू आदेश

बाँके। बाँकेको जिललाको नेपालगञ्जमा दुई दिनदेखि तनाव सृजना भएको छ । हिन्दू र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यू समेत जारी गरिएको जनाएको छ

iहिन्दूहरुको समूह भेला भएर प्रदर्शनमा उत्रिएपछि झडप हुनसक्ने र सदभाव बिग्रिने संकेत देखिएपछि कर्फ्यू जारी गरिएको हो । सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि प्रशासनले यस्तो निर्णय गरेको जनाएको छ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार मात्र जरुरी सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने गतिविधि नगर्न आग्रह गरेको थियो ।

मंगलबार बिहान नेपालगञ्जमा सामाजिक सद्भावलाई प्रगाढ बनाउने उद्देश्यले विभिन्न धर्मगुरु, जनप्रतिनिधि, नागरिक समाजका अगुवा तथा पेशकर्मीहरू सहितको सहभागितामा सद्भाव र्‍याली निकालिएको थियो ।

नेपालगञ्जको वीपीचोकबाट निकालिएको सद्भाव र्‍याली धम्बोझी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्ट, हिन्दू धर्मगुरु तथा बागेश्वरी मन्दिरका मूल पुरोहित चन्द्रनाथ योगी, मुस्लिम धर्म गुरु मौलाना जब्बार मञ्जरीलगायतले सम्बोधन गर्दै समाजमा भाइचारा कायम राख्न आग्रह गरेका थिए ।

नेपालगञ्जलमा मोहम्मद डेको दिन एक स्थानीयले सामाजिक सञ्जालमा इस्लाम धर्मलाई लक्षित गरेर अभिव्यक्ति दिएपछि नेपालगञ्ज अशान्त भईरहेको छ ।